जेठ ०६, २०८१, आइतबार
               

ट्राफिकमा राष्ट्रिय गान : कोरोना भाइरसविरूद्ध लड्न सबैलाई आव्हान

नेपाल फ्ल्यास
बैशाख ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को दिन राष्ट्रिय गान गाउन गरेको आह्वानअनुसार ट्राफिकमा राष्ट्रिय गान :कोरोना भाइरसविरूद्ध लड्न सबैलाई आव्हान भन्ने मूल नारासहित महानगरीय ट्राफिक प्रहरी कार्यालयहबाट साेमबार बिहान आठ बजे राष्ट्रिय गान गाइएको छ । 

ट्राफिक कार्यालयका आ-आफ्नो ब्यारेकको झ्याल ढोका वा कौसी, प्राङ्गणबाट कोरोना भाइरसविरूद्ध अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, अति आवश्यक प्रदायकका कर्मचारी, सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीलगायतको सम्मानमा हातहातमा राष्ट्रिय झन्डा लिएर राष्ट्रिय गान गाइएको र गुन्जाइएको हो ।

राष्ट्रिय गान सकिएपछि सबैले करताल ध्वनीले ऐक्यबद्धतास्वरूप तालीसमेत बजाए ।

'राष्ट्रगान गाउँदा जुन भावनाले मन तरंगित हुन्छ, त्यो स्वाभिमान, आत्मसम्मान तथा देशप्रतिको श्रद्धाभावको एक ज्वलन्तस्वरुप हो,' महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भीमप्रसाद ढकालले भने, 'ट्राफिक प्रहरी पनि यस्तो विषम परिस्थितिमा फ्रन्टलाइनमा रहेर काम गरिरहेको छ र यसले देशप्रति समर्पित हुन र जनताको सेवामा काम गर्न थप उर्जा मिलेको छ ।'

युनाइटेड नेसन्स ग्लोबल कम्प्याट नेटवर्क नेपालनामक समूहले  नयाँ वर्षमा  कोरोना भाइरसको स‌ंक्रमण रोकथामका लागि फ्रन्टलाइनमा खटिनेहरुको सम्मानका लागि सोमबार बिहान ८ बगे राष्ट्रगान गाउन आह्वान गरेको थियो । यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत समर्थन गरेअनुसार नै  आज बिहान ८ बजे विभिन्न स्थानमा राष्ट्रियगान बजाएर नयाँ वर्षलाई स्वागत गरिएको छ ।

यो पनि