असोज ०६, २०८१, आइतबार
               

आत्मबल बढाउँदै गहुँ बाली भित्र्याउँदै

रासस
चैत २९, २०७६

ADVERTISEMENT

कैलाली । कोभिड–१९को सम्भावित जोखिम हुन नदिन सरकारले बन्दाबन्दी (लकडाउन) जारी राखेपछि आम नागरिक अत्यावश्यक कामबाहेक घर बाहिर निस्केका छैनन् ।

लकडाउनकै समयमा किसानका खेतबारीमा गहुँ पाकेर पहेँलपुर भएको छ । गहुँ पाकेकै बेला देखिएको मजदूरको अभावले बाली कसरी भित्र्याउने भन्ने सकसमा आमकिसान देखिँदा कतिपय भने कोरोनाले ल्याएको जोखिम विरुद्ध साहस र आत्मबल बढाउँदै बाली भित्र्याउनमा जुटेका छन् ।

धनगढी उपमहानगरपालिकाका किसान नारायण चौधरी साहस र आत्मबल बढाउँदै सुरक्षित भएर काम गरेमा कोरोनाले छुन नसक्ने दाबी गरेको छ । खेतमा गहुँ बाली काट्दै गरेका किसान रोगको रोकथामका लागि भन्दै एकापसमा निश्चित दूरी राखेर बाली काट्नमा भने सचेत देखिन्छन् ।

नाम उल्लेख गर्न नचाहने अर्का किसानले भीडभाड नगरेर सुरक्षित ढङ्गले भए पनि बाली काटेर भित्र्याउनु पर्ने बाध्यता सुनाउँदै प्रश्न गरे, 'अहिले बाली नभित्र्याए वर्षभरि खान कस्ले दिन्छ'  

उनले निर्धक्कसँग भने,'कोरोनाले धेरै मान्छेको ज्यान लिइरहेको छ तर दिनभरि काम गर्दा हुने थकान मेटाउन बेलुका घरमा आफूहरुबीच गरिने खानपिनले कोरोनाले ल्याएको त्रास मेटाउन बल पुगिरहेको छ ।'

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि