बैशाख २८, २०८१, शुक्रबार
               

एम्बुलेन्सका कर्मचारी, दूध बोक्ने गाडीमा मदिरा

रासस
चैत २५, २०७६

ADVERTISEMENT

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिरामी बोक्ने एम्बुलेन्समा निजी अस्पतालका कर्मचारी ओसारेको पाइएपछि नियन्त्रणमा लिएको छ । लकडाउनको समयमा निजी अस्पतालको कर्मचारीहरू ओसार्न एम्बुलेन्स प्रयोग हुने गरेपछि प्रहरीले सक्रियता बढाएको हो ।

प्रहरीले ना ४ च १७७७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएर अबदेखि यस्तो नगर्ने प्रतिबद्धता जनाएपछि छाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी प्रहरीले दूध बोक्ने भनेर लेखिएको अटोमा मदिरा बोकेको पाइएपछि पक्राउ गरेको छ । प्रहरीले मकवानपुरगढी गाउँपालिका–५ स्थित श्रृजना दुग्ध उत्पादक सहकारी संस्थाको दूध बोक्ने अटोलाई मदिरासहित नियन्त्रणमा लिएको हो । प्रहरीले उक्त अटोमा रहेको करिब १४० लिटर मदिरा जफत गरेको छ ।

 

 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि