बैशाख २४, २०८१, सोमबार
               

मन्त्री बस्नेतद्धारा स्वास्थ्य सामग्री सहयोग

रासस
चैत २५, २०७६

ADVERTISEMENT

काठमाडाैँ ।  कोरोना भाइरस, (कोभिड–१९) को रोकथाम र नियन्त्रण गर्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले अत्यावश्यक स्वास्थ्य सामग्री  उपलब्ध गराएका छन् ।

ती सामग्रीमा क्वारेन्टाइनमका लागि १२ श्यया, १०० थर्मलगन,  १४० वटा  व्यक्तिगत सुरक्षा सामग्री (पिपीई), एकहजार ७०० वटा मास्क,डिटोल साबुन, ग्लोब, पञ्जा, सर्जिकल क्याप लगायतका रहेका छन् ।

मन्त्री बस्नेतका स्वकीय सचिव मुक्ति बस्नेतले प्रमुख जिल्ला अधिकारी जनकराज पन्त मार्फत् जिल्ला स्वास्थ्य कार्यालयलाई ती सामग्री हस्तान्तरण गरेका थिए ।

त्यस्तै निर्माण व्यवसायी सङ्घका केन्द्रीय उपाध्यक्ष रत्न खड्काले १०० थान विभिन्न स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय र गाउँपालिकालाई उपलव्ध गराएका छन् ।

आजै  ती सामग्री सबै स्थानीय तहमा पुग्ने अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि