असोज ०६, २०८१, आइतबार
               

नागार्जुनका सबै वडामा राहत वितरण सुरु

रासस
चैत २४, २०७६

ADVERTISEMENT

काठमाडौं । काठमाडौँको नागार्जुन नगरपालिकाका १० वटै वडामा राहत वितरण सुरु भएको छ । कोभिड –१९ को सम्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले लकडाउन गरेपछि दैनिक गुजारा चलाउन समस्यामा परेका नगरवासीलाई राहत वितरण सुरु भएको हो ।

जीवन धान्न समस्यामा परेका घरपरिवारलाई राहत वितरण सुरु गरिएको नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले जानकारी दिइन् । नगरपालिकाले तीन भन्दा बढी व्यक्तिको परिवारलाई ३० केजी चामल, तीन केजी दाल, दुई पोका नून, दुई लिटर खाने तेल, एक केजी चिनी र दुई  साबुन  दिएको छ । त्यस्तै तीनभन्दा कम भएका परिवारलाई त्यसको आधा वितरण गरिएको उपप्रमुख अधिकारीले बताए ।

नगरपालिकाले राहत र कोरोना नियन्त्रणमा खर्च गर्न आफ्नो विपद् व्यवस्थापन राहत कोषबाट प्रत्येक वडालाई चार/चार लाख विनियोजन गरेको छ ।  नगरपालिका वडा  ८ स्थित भीमढुङ्गा स्वास्थचौकीमा नौ शय्याको आइसोलेशन बेड पनि निर्माण भएको छ । साथै स्वास्थ्यकर्मीको जीवनरक्षाका लागि सुरक्षा कवच पिपिईलगायत आवश्यक औषधि प्रत्येक स्वास्थ्य संस्थामा वितरण गरिएको बताइएको छ ।

 

 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि