मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना जोखिम नियन्त्रणमा साथ दिन मुख्यमन्त्री राउतद्वारा आग्रह

रासस
चैत २३, २०७६

ADVERTISEMENT

धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले  ‘कोभिड —१९’ को जोखिम रोकथाम र नियन्त्रणमा सरकारले सञ्चालन गरेको अभियानमा चिकित्सकलाई साथ दिन आग्रह गरेका छन् । उनले आज भिडियो सन्देशमार्फत् चिकित्सकको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिइ समाधानका लागि  प्रयास रहेको बताए छन् ।

मुख्यमन्त्री राउतले चिकित्सक सुरक्षामा प्रदेश सरकार कुनै कन्जुस्याइँ नगर्ने बताउँदै कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अग्रसरताका लागि चिकित्सकलाई अनुरोध गरेका छन् । प्रदेश सरकार चिकित्सकको बीमा, पिपीइलगायतका स्वास्थ्य सामग्री सहयोग गर्न तयार रहेको जानकारी दिए । मुख्यमन्त्री राउत महामारीको कठीन समयमा प्रदेश सरकारसँग भएको साधनका स्रोत उपलब्धका साथै पारिश्रमिकमा सतप्रतिशत वृद्धिलगायत सबै थोक सहयोग गर्न तत्पर रहेकाले नडराई सरकारको अभियानमा साथ दिन आग्रह गरेका छन् ।

 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि