जेठ ०४, २०८१, शुक्रबार
               

भरतपुर अस्पतालमा २६ वर्षीया युवतीको मृत्यु

नेपाल फ्ल्यास
चैत २१, २०७६

ADVERTISEMENT

चितवन । चितवनको भरतपुर अस्पतालमा २६ वर्षीया युवतीको मृत्यु भएको छ ।

युवती ज्वरो र निमोनियाकी बिरामी थिइन् । युवती सुरुमा हेटौंडा अस्पतालमा भर्ना भएकी थिइन् । त्यहाँबाट उनलाई भरतपुर रेफर गरिएको थियो ।

सिन्धुली हरिहरपुर गाउँपालिका–२ की २६ वर्षीया उषाकुमारी राईको शुक्रबार बिहान मृत्यु भएको हो ।

गएराति १ बजे अस्पतालको आकस्मिक कक्षमा ल्याइएकी उनको आइसीयूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनको स्वाब परीक्षण हुन बाँकी छ । युवतीको ट्राभल हिस्ट्रीबारे अस्पतालले केही खुलाएको छैन ।


कस्तो लाग्यो ?

यो पनि