असोज ०६, २०८१, आइतबार
               

भारतमा एक नेपालीको मृत्यु, शव ल्याउन समस्या

रासस
चैत १९, २०७६

ADVERTISEMENT

भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । 

मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो ।

लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुङ्गेपुल नजिकै मृत्यु भएको परिवारले जनाएको छ ।

गत कात्तिकमा मजदुरीको लागि मदकोट गएका उहाँको ठगुन्ना झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको जानकारी आएको उनका आफन्त प्रमानन्द ठगुन्नाले बताए ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय दार्चुलालाई भने हालसम्म जानकारी प्राप्त नभएको जिल्लाका प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाहीले जनाए ।

नेपाल भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा शव ल्याउन समस्या भएको भन्दै पहल गरिदिन मृतकका आफन्तले आग्रह गरेका छन् । 

मृतकका आफन्त चिन्तन ठगुन्नाले भने, “हामी गाउँपालिकाबाट पत्र बनाएर ल्याउँदैछौं, नेपाल–भारत जोड्ने झोलुङ्गेपुल खुलाउने व्यवस्था गराइदिनुपर्‍यो । भारतमा मजदुरको मृत्यु भएका कारण अहिले शव नेपाल ल्याउनै समस्या भएको छ ।” 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि