असोज ०६, २०८१, आइतबार
               

विदेशबाट एक हजार २२० फर्किए

रासस
चैत १९, २०७६

ADVERTISEMENT

दैलेख । कोभिड–१९ को विश्वव्यापी प्रभावपछि भारत, जापान र खाडी मुलुकबाट दैलेखमा हालसम्म एक हजार २२० जना गृह जिल्लामा आएका छन् ।

जिल्लाका ११ स्थानीय तहमा सबैभन्दा बढी निर्वाचन क्षेत्र २ को आठविस नगरपालिकामा ३०४ भित्रिएका छन् भने दुल्लु नगरपालिकामा २२०, चामुण्डा विन्द्रासैनी नगरपालिका ५५, भैरवी गाउँपालिकामा ६८, ठाटीकाँध गाउँपालिकामा १५७ भारत वा तेस्रो मुलुकबाट ती स्थानीय तहमा आएका छन् ।

निर्वाचन क्षेत्र १ को नारायण नगरपालिका सबैभन्दा बढी १५९ भारत वा तेस्रो मुलुकबाट भित्रिएका छन् भने क्रमशः गुराँस गाउँपालिकामा २७, डुङ्गेश्वर गाउँपालिकामा ४७, भगवतीमाई गाउँपालिका ८४, नौमुले गाउँपालिकामा ७०, महाबुगाउँपालिका २९ गाउँ भित्रिएका छन् ।

गाउँ भित्रिएका एक हजार २२० मध्ये २० जना मात्र दुल्लु क्वारेन्टाइनमा बसेको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।

हाल जिल्लामा ३३ आइसोलेसन कक्ष छ भने २२८ क्वारेन्टाइन श्यया निर्माण गरिएको छ ।

नारायण नगरपालिकाले सङ्क्रमण फैलिन नदिन दुई दिनअघि जिल्ला सदरमुकाममा क्लोरिन औषधिसमेत छर्किएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि