असोज ०६, २०८१, आइतबार
               

कीर्तिपुर क्रिकेट मैदानका कर्मचारी तामाङको निधन

रासस
चैत १७, २०७६

ADVERTISEMENT

काठमाडौं ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी जयबहादुर तामाङको निधन भएको छ ।उनको उपचारका क्रममा गए राति निधन भएको हो।

मिर्गौला रोगबाट पीडित तामाङको दुई सातादेखि वीर अस्पतालमा उपचार भइरहेको थियो । राति नै निधन भएका तामाङको परिवारजनले खबर गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । क्यानले उनको उपचारका लागि आर्थिक सहयोग गर्दै आएको थियो ।

यस्तै नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस)ले  ‘तामाङ सहयोग अभियान’ सञ्चालन गरेको थियो । यस क्रममा तामाङलाई  ५० हजार सहयोग गरेको थियो । समाजले उक्त रकम तामाङकी श्रीमती निरमायालाई हस्तान्तरण गरेको थियो । 'थप रकम हस्तान्तरण गर्ने तयारीमा थियौँ', समाजका संस्थापक अध्यक्ष भानु सिग्देलले भने ।

यसैगरी तामाङको उपचारका लागि नेपाल क्रिकेट खेलाडी सङ्घ (सीप्यान)ले समेत  एक लाख ३३ हजार सहयोग गरेको थियो । दुवै मिर्गौलामा समस्या आएपछि अस्पताल भर्ना भएका तामाङ डेढ दशकदेखि त्रिवि क्रिकेट मैदानको रेखदेख गर्दै आएका थिए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि