असोज ०६, २०८१, आइतबार
               

हात धोएर मात्र गाउँपालिकामा इन्ट्री

रासस
चैत १५, २०७६

ADVERTISEMENT

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बाहिर जिल्लाबाट आउनेलाई हात धोएर मात्र प्रवेश गर्न दिएको छ । 

गाउँपालिका भित्रिने नाकामा साबुनपानीसहित स्वास्थ्यकर्मी खटाइएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् ।
 
गुरुङका अनुसार लकडाउनको समयमा पनि अत्यावश्यक काम विशेषले अन्यन्त्र जिल्लाबाट आउनेलाई हात धुन लगाइ कोरोना सचेतनासम्बन्धी परामर्श दिने गरिएको छ । 

ज्वरोलगायत सामान्य स्वास्थ्य परीक्षणसमेत गरिने र शङ्का लागे अस्पताल पठाइने छ ।

गाउँपालिकाले १० श्ययाको क्वारेनटाइन तयार गरिएको छ । 

वडा नं ४ कुरिनटारमा सात श्यया र वडा नं ५ मुग्लिनमा तीन श्ययाको क्वारेनटाइन तयार गरिएको अध्यक्ष गुरुङले जानकारी दिइन् ।

उनले अहिले हालै विदेशबाट आएकाहरुको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको र आवश्यक परे सबै वडामा क्वारेनटाइन बनाइने बताइन् । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि