जेठ ०७, २०८१, सोमबार
               

भारतबाट भित्रिएका नेपालीले अनिवार्य क्वारेनटाइनमा बस्नुपर्ने

नेपाल फ्ल्यास
चैत ११, २०७६

ADVERTISEMENT


दक्षिणी सीमा क्षेत्रमा अड्किएका नेपालीलाई मुलुक प्रवेश गर्न मंगलबार एक दिनको समय दिइएको छ । 

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ भित्रिन नदिन सरकारले अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेपछि सीमामा बिचल्नीमा परेका उनीहरुलाई सरकारले एकदिने अवसर दिएको हो । 

सरकारका प्रवक्ता अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले  भारतबाट नेपाल भित्रिएकालाई स्थानीय प्रशासन, प्रदेश र स्थानीय तहको समन्वयमा क्वारेन्टाइनको व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिए । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा गठित कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले यस्तो निर्णय गरेको हो ।

कोभिड–१९ को जोखिम रहेकाले मुलुकमा जथाभावी मानिस प्रवेश गर्दा र हिँडडुल गर्दा रोग फैलन सक्ने खतरालाई मध्यनगर गरी सरकारले आज बिहान ६ बजेदेखि लागू हुने गरी अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले आदेश जारी गरेको थियो ।

उनले पूर्वसूचना नपाएर वा अन्य कारणले यात्रा कायमै राखेर आएका नेपाली दक्षिणी सीमा क्षेत्रमा बसेको जानकारी आएकाले बीच बाटोमा अलपत्र नपरुन् भनेर आज अन्तिम पटक एक दिनका लागि आउन खुला गर्ने निर्णय बैठकले गरेको भट्टराईले जानकारी दिए ।

साथै, उनले यसरी नेपाल छिरेकाले अनिवार्य क्वारेनटाइनमा बस्नुपर्ने बताए ।

यो पनि