जेठ ०५, २०८१, शनिबार
               

लकडाउनको अवधिभर बाहिर ननिस्कन काठमाडौं महानगरपालिकाको आग्रह

नेपाल फ्ल्यास
चैत ११, २०७६

ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरसवासीलाई लकडाउनको अवधिभर बाहिर ननिस्कन आग्रह गरेको छ । 

कोरोना भाइरसको संक्रमणलाई नेपालमा फैलिन नदिन नेपाल सरकारले लकडाउन विधि अपनाएको भन्दै यसलाई सफल बनाउन महानगरले यस्तो अपिल गरेको हो ।

आवश्यक पर्ने औषधि र खाद्यान्नको अभाव हुन नदिन र सुलभ तरिकाले बिक्री वितरण गर्न सम्बद्ध व्यवसायीहरूसँग महानगरले अपिल पनि अनुरोध गरेको छ । 

साथै, महानगरले कसैलाई कोरोनाको शंका लागे तत्कालै फोन गर्न गर्न आग्रह गरेको छ । महागरले कोरोना संक्रमणको आशंका भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्था गरेको जनाएको छ । 

महानगरले काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा (१०२) लाई जनशक्ति र स्वास्थ्य सामाग्रीसहित तयारी अवस्थामा राखिएको जानकारी दिएको छ । 

साथै, महानगरको टोल फ्री नम्बर ११८० लाई २४  घन्टा नै सञ्चालनमा ल्याइएको र कोरोना संक्रमणको आशंका भएमा काठमाडौं महानगरपालिकाको टोल फ्री नम्बर ११८० मा खबर तथा सूचना दिन आग्रह गरेको छ । 

लकडाउन अवधिमा कुनै पनि नगरवासीलाई केही समस्या आइपरे सहयोगका लागि आफ्ना जनप्रतिनिधिहरूलाई सीधा सम्पर्क गर्न सक्ने भन्दै महानगरले मेयर, उपमेयर तथा वडाध्यक्षहरूको मोबाइलमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

यो पनि