जेठ ०९, २०८१, बुधबार
               

नेपालगञ्जमा ४० श्ययाको आइसोलेशन अस्पताल

रासस
चैत १०, २०७६

ADVERTISEMENT

बाकेँ। काेराेना सङ्क्रमण बढ्न नदिन बाँकेको नेपालगञ्जमा लायन्स डेण्टल अस्पताल खजुरा रोडको माथिल्लो तलामा ३–३ फिटमा श्यया राखेर ४० श्ययाको आइसोलेसन तयार पारिएको छ  ।

लायन्स क्लब इन्टरनेशनल डिस्टिक ३२५–२ का संस्थापक डिस्ट्रिक गभर्नर सेम शाक्यले कोरोना भइरसको सङ्क्रमण फैलिन नदिन आफूहरूको पहलमा लायन्स डेण्टल अस्पतालमा ४० श्ययाको आइसोलेसन तयार पारिएको जानकारी दिए । भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल र कोहलपुर अस्पतालमा ६–६ वटा श्ययाका दरले आइसोलेसन बेड तयार पारिएको भए पनि एकै पटक ठाउँमा उक्त आइसोलेसन तयार गरिएको हो ।
 
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५–२ का पूर्व डिस्टिक गभर्नर मधुसुदन शर्माले नेपालगञ्ज क्षेत्रमा क्रियाशील रहेका लायन्स क्लब सचेतनाको लागि विभिन्न खालका गतिविधि सञ्चालन गरिने जानकारी दिए । कोरोनाको सङ्क्रमणबाट जोगाउन लायन्सहरूको सक्रियतामा सीमा क्षेत्रमा हात धुन ५०० लिटरको पानी ट्याङ्की, मोटर र पाइप उपलब्ध गराइएको तथा बाँके बर्दियामा रहेका २२ बढी क्लबले प्रति क्लबबाट पाँचसय मास्क तथा सचेतनामूलक पम्पलेट बोकेर जनस्तरमा पुग्ने तयारी गरेको उनले जानकारी दिए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि