मंसिर ०६, २०८१, बिहीबार
               

कोभिड–१९ सामान्य प्रकृतिका मुद्दाका थुनुवालाई रिहा गर्ने रणनीति

रासस
चैत १०, २०७६

ADVERTISEMENT

धनुषा ।विश्वव्यापी रूपमा कोरोना भाइरसको त्रास फैलिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न अपराध अनुसन्धानको लागि हिरासतमा राखेका आरोपीलाई मुद्दाको प्रकृति हेरी रिहा गरेर प्रहरी हिरासतको चाप घटाउने रणनीति लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गम्भीर प्रकृतिबाहेक प्रहरी हिरासतमा रहेका सामान्य प्रकृतिका मुद्दाका अभियुक्तलाई रिहा गरेर चाप घटाउन लागेको बताए । कोरोना भाइरस सङ्क्रमणको त्रास रहेका बेला प्रहरीको हिरासतमा थुनामा भीडभाड हुँदा असुरक्षा हुने भएको हुँदा प्रहरीले थुनुवालाई छिट्टै मुद्दा हेर्ने निकायमा पेश गरेर पुर्पक्षका लागि थुनामा वा रिहा गरिरहेको छ ।

प्रहरी उपरीक्षक बस्नेतले कोरोना सर्ने खतराका कारण सामान्य प्रकृतिका मुद्दाका थुनुवालाई रिहा गर्ने रणनीति रहेको बताए । प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले आइतबार १२ थुनुवालाई मुद्दा हेर्ने निकायमा पेश गरिएकामा चार पुर्पक्षका लागि थुनामा पठाइएको र आठ जनालाई रिहा गरिएको जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक कार्कीले आज पनि १० थुनुवालाई मुद्दा हेर्ने अधिकारीसमक्ष पेश गरिरहेको बताए । प्रहरी कार्यालयको हिरासतमा ६० जना थुनामा छन् ।
 

 

 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि