जेठ ०८, २०८१, मंगलबार
               

जनचेतना फैलाउँदै शिक्षकहरु

रासस
चैत ०९, २०७६

ADVERTISEMENT

बर्दिया । कोभिड–१९ विरुद्ध जनचेतना फैलाउन बढैयाताल गाउँपालिकाले स्वयंसेवकका रुपमा शिक्षक परिचालन गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले शिक्षकलाई कोरोना भाइरसबारे जनचेतना जगाउन घरदैलो कार्यक्रम गर्ने निर्णय गरिएको हो ।

यस कार्यमा शिक्षकले महत्वपूर्ण योगदान पुप्याउने भएकाले आजदेखि परिचालन गरिन लागेको गाउँपालिकाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए।

यसैगरी बैठकले भारतसँग जोडिएको सीमा बन्द गर्न स्थानीय प्रशासनसँग आग्रह गरेको छ । अर्को सूचना जारी नभएसम्म बढैयातालका सबै मासु पसल बन्द गर्ने निर्णय बैठकले गरेको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि