जेठ ०८, २०८१, मंगलबार
               

नागढुङ्गामा ‘हेल्थ डेस्क’ स्थापना

रासस
चैत ०९, २०७६

ADVERTISEMENT

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखेर काठमाडौं उपत्यका भित्रिने मुख्य प्रवेशद्वार नागढुङ्गामा सहायता कक्ष स्थापना गरिएको छ । चन्द्रागिरि नगरपालिकाको आयोजनामा स्थापना भएको उक्त स्वास्थ्य सहायता कक्ष आइतबार बिहान चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शुभारम्भ गरे । 

नागढुङ्गामा स्वास्थ्य सहायता कक्षको स्थापनासँगै उपत्यका भित्रिने सवारी साधनका चालक, सहचालक तथा यात्रुको जाँचमा सहयोग पुग्ने भएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख गिरीले कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर उपत्यकाको प्रमुख नाका नागढुङ्गामा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको जानकारी दिए ।

‘सार्वजनिक बसमा एकैपटक धेरै यात्रु ओहोरदोहोर गर्ने भएकाले ज्वरोलगायतका विभिन्न रोग परीक्षणका लागि स्वास्थ्य सहायता कक्षमा सहयोग पुग्नेछ’, उनले भने । 

चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले स्वास्थ्य सहायता कक्ष स्थापनासँगै चार समूह बनाएर २४सै घण्टा यात्रु, चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्ने बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले स्वास्थ्य सहायता कक्षको स्थापनासँगै काठमाडौँ भित्रिने तथा बाहिरिने यात्रुको स्वास्थ्य परीक्षणमा सहयोग पुग्ने बताए । चन्द्रागिरिले स्वास्थ्य सहायता कक्षमा बस्नका लागि १५ जना स्वास्थ्यकर्मीसमेत परिचालन गरिसकेको छ । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि