जेठ ०९, २०८१, बुधबार
               

मंगलबारयता साढे ५ लाख सर्वसाधारणले काठमाडौं छोडे

नेपाल फ्ल्यास
चैत ०८, २०७६

ADVERTISEMENT

काठमाडौं । काेरोना त्रासका कारण अत्यावश्‍यक बाहेकका कार्यालयहरूलाई बिदा दिएसँगै काठमाडौंबाट बाहिरिने सर्वसाधरणकाे सँख्या ह्वात्तै बढेकाे छ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले चालेको कदम र सोमबारदेखि लामो दूरीका सवारी साधन नचल्ने निर्णयसँगै काठमाडौं बाहिर जाने सर्वसाधरणको घुइँचो देखिएको हो ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार शनिबार मात्रै काठमाडौंबाट करिब २ लाख सर्वसाधरण बाहिरिएका छन् । शनिबार बेलुका ७ बजेसम्म १ लाख ८६ हजार ५ सय ४९ जना सर्वसाधरण विभिन्न नाकाबाट बाहिरिएका छन् ।

त्यस्तै महानगरीय ट्राफिक महाशाखाका अनुसार मंगलबार ५९ हजार ८१६ जना मानिसहरू उपत्यकाबाट बाहिरिएका छन् । बुधबार ८५ हजार ४४७ जना मानिसले उपत्यका छोडेका थिए । बिहीबार १ लाख ८ हजार मानिस उपत्यकाबाट बाहिरिएका छन् । शुक्रबार दिनभर राजधानीबाट बाहिरिने विभिन्न नाका हुँदै ९८ हजार ५१७ जना यात्रु बाहिरिएका छन् ।

मंगलबारदेखि शनिबारसम्म काठमाडौंका विभिन्न नाका हुँदै ५ लाख ३८ हजार ३२९ जना सर्वराधाणले  काठमाडौं छोडेका महानगरीय ट्राफिक महाशाखाले जनाएकाे छ । 

 

 

यो पनि