जेठ ०६, २०८१, आइतबार
               

लागुऔषधसहित एकजना पक्राउ

रासस
चैत ०६, २०७६

ADVERTISEMENT

सिराहा । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले बिहीबार एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले सिराहाको बरियारपट्टि गाउँपालिका–१ कचनारीबाट लागुऔषधसहित जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी ४० वर्षीय भुवनेश्वर यादवलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको स१प ८३३१ नंको मोटरसाइकलमा लुकाइछिपाई ल्याइरहेको लागुऔषध डाइलेक्स डिसी १०० एमएलका ५० बोतलसहित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि