जेठ ०९, २०८१, बुधबार
               

निकुञ्जको 'कोर एरिया'बाट बन्दुकसहित दुई जना पक्राउ

रासस
चैत ०६, २०७६

ADVERTISEMENT

बाँके । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुई जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । निकुञ्जका विभिन्न स्थानमा राखिएका क्यामेराको सहायताले उनीहरुलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ ।

भरुवा बन्दुकसहित पक्राउ पर्नेमा दाङको दङगीशरण गाउँपालिकाका–१ का कुलबहादुर वली र सोही ठाउँका हिमलाल खत्री रहेका छन् ।

उनीहरुका साथबाट भरुवा बन्दुक, बारुद, पासो, छिनो खुकुरी, सलाईलगायतका सामग्रीसमेत बरामद गरिएको छ । उनीहरुलाई निकुञ्जको ‘कोर यरिया’ भित्र पर्ने बहिबरचौर भन्ने ठाउँबाट पक्राउ गरिएको थियो ।

निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त गस्ती टोलीले निकुञ्जमा राखिएका क्यामेराको सहायताले गुफामा लुकिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि