जेठ ०९, २०८१, बुधबार
               

दुर्घटनामा दुई जनाको मृत्यु, पन्ध्र घाइते

रासस
चैत ०६, २०७६

ADVERTISEMENT

नवलपरासी । पश्चिम नवलपरासीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पन्ध्र जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुपसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको सरावल गाउँपालिका–१ बासामा कार र मोटरसाइकल एकापसमा ठक्कर खाँदा बर्दघाट–४ का ५३ वर्षीय रत्नबहादुर कामीको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु१च ९६२२ नंको कार र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु३५प ३१२७ नंको मोटरसाइकल गएराति ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कामीको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गतकै सरावल–१ तुल्सीनगरमा पनि गए राति रोकिराखेको ना२ख ७४८३ नंको ट्रकमा लु१४प २२३४ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सरावल–१ का ४१ वर्षीय ईश्वरबहादुर कार्कीको मृत्यु भएको छ ।

यस्तै जिल्लाको बर्दघाट नगरपालिका–२ चिसापानीमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा पन्ध्र यात्रु घाइते भएका छन् । काठमाठौँबाट धनगढीतर्फ जाँदै गरेको बा४ख ८४८७ नंको बस अनियन्त्रित भई पल्टिएको हो । घाइतेहरुको बुटवलमा उपचार भइरहेको नवलपरासी प्रहरीले जनाएको छ

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि