जेठ ०६, २०८१, आइतबार
               

कोरोना कहर: कैदीबन्दी भेट्न नपाइने

नेपाल फ्ल्यास
चैत ०४, २०७६

ADVERTISEMENT

कास्की । कोरोना त्रासका कारण कास्की कारागारमा बुधबारदेखि कैदीबन्दी भेटघाट बन्द गरिने भएको छ ।

कोरोना सङ्क्रमणसँग बेलैमा सचेत बन्नका लागि कारागार प्रशासन र कैदीबन्दीबीच भएको छलफलपछि आगामी चैत १४ गतेसम्मका लागि कैदीबन्दी र आफन्तजनबीच भेटघाट बन्द गर्ने निर्णय गरिएको कास्की कारागारका प्रमुख गणेश गौतमले जानकारी दिए । तर आवश्यकताअनुसार कानून व्यवसायीका साथै कुनै अत्यावश्यकीय भोटघाट भने हुनेछ ।

“कोरोना सङ्क्रमण आइहाल्यो भने के गर्ने भन्नेबारे पूर्वतयारी गर्नका लागि पनि केही दिनका लागि भेटघाट बन्द गर्न लागेका हौँ”, गौतमले भने, “पूर्वसजगताकै लागि कारागारभित्र मास्क उत्पादन गर्न सुरु गरिएको छ ।” अहिले कारागारभित्रै दैनिक १०० देखि १५० सम्म माक्स उत्पादन भइरहेको र कैदीबन्दीलाई प्रतिमाक्स  ३० रुपैयाँमा उपलब्ध गराइएको छ । तयारीस्वरुप नै कारागारभित्र प्रत्येक ब्लकमा २० जनासम्म रहन सक्नेगरी ‘आइसोलेशन’ कक्ष निर्माण गर्न लागिएको उनले जानकारी दिए ।

कूल २४० जनाको क्षमता रहेको कास्की कारागारमा हाल ८७० जना कैदीबन्दी रहेको प्रशासनले जनाएको छ । गण्डकी प्रदेश सरकारले कारोनाको सम्भाव्य जोखिम न्यूनिकरणका लागि अत्यावश्यक बाहेकका औपचारिक कार्यक्रम, भेला महोत्सव नगर्नु र बेलैमा सचेत हुन आम सर्वसाधारणलाई आग्रह गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि