जेठ ०६, २०८१, आइतबार
               

विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

रासस
चैत ०४, २०७६

ADVERTISEMENT

काठमाडौं । वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भनी ठगी गर्ने एकलाई प्रहरीले पक्राउ गरेको छ ।  बागलुङको ढोरपाटन नगरपालिका–४ घर भई काठमाडौँ रानीवन बस्ने ३८ वर्षीय शिवकुमार घर्ती मगरलाई महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । उनले १० लाख बढी ठगी गरेको उजुरी परेपछि महाशाखाको टोलीले सोमबार पक्राउ गरेको हो । 

रोजगारीको प्रलोभनमा पारी नौ जनाबाट १० लाख ५३ हजार पैसा लिई उनी फरार भएका थिए । पीडितको जाहेरीका आधारमा खोजी गर्दा काठमाडौँको गँगबुबाट उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए । उनलाई आवश्यक कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको उनले बताए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि