असोज ०६, २०८१, आइतबार
               

टाउकाेमा चाेट लागकाे अवस्थामा डाेटीमा शव फेला

रासस
फागुन ३०, २०७६

ADVERTISEMENT

डोटी । शिखर नगरपालिकामा पर्ने डा केआइसिंह राजमार्गको गेरुपानीको सडकमा एक जना वृद्ध मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले दिएकाे जानकारीअनुसार वडा नं २ कठालीगाउँका अन्दाजी ६६ वर्षीय अनिल मल्ल डडेल्धुरा दिपायल जोड्ने डा केआइसिंह राजमार्गको गेरुपानी सडकको नालीमा मृतावस्थामा फेला परेका थिए । 

मृतावस्थामा फेला परेका मल्लको टाउकोमा चोट लागेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । टाउकोमा चोट लागेका कारण मृतकका आफन्तले हत्या भएको हुनसक्ने आशङ्का गरेका छन् । शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  मल्ल डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजार जान्छु भन्दै घरबाट हिँडेका उनका आफन्तले जनाएका छन् ।
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि