बैशाख २२, २०८१, शनिबार
               

कोरोना भगाउन लुम्बिनीमा शान्ति प्रार्थना

रासस
फागुन ३०, २०७६

ADVERTISEMENT

रुपन्देही । कोरोना भाइरसको सङ्क्रमण नेपालमा नआओस भन्दै  बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति प्रार्थना गरिएको छ ।

लुम्बिनी पर्यटन व्यवसायी संघद्वारा बिहीबार साँझ उक्त भाइरस सङ्क्रमणले मृत्यु भएकाप्रति श्रद्धाञ्जलि तथा सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको  कामना गर्दै मायादेवी मन्दिर परिसरमा प्रार्थना गरिएको हो ।

विभिन्न देशका भिक्षु भिक्षुणी, लामा, उपासक उपासिका र पर्यटन व्यसायीको सहभागितामा परित्राण पाठ, शान्ति प्रार्थना र दीप प्रज्वलन गरिएको संघका सचिव पिन्टु कशौधनले जानकारी दिए ।

सो भाइरसका कारण पर्यटन व्यवसायमा समेत नराम्रो असर परेकाले विश्वबाटै सो भाइरस सङ्क्रमण निर्मूल होस् भन्ने कामना गर्दैप्रार्थना गरिएको उनले बताए 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि