बैशाख १७, २०८१, सोमबार
               

६६४ घरधुरीमा नमूना जनगणना

रासस
फागुन २९, २०७६

ADVERTISEMENT

दार्चुला । आगामी चैत ९ देखि २३ गतेसम्म दार्चुलाका ६६४ घरधुरीमा नमूना जनगणना गरिने भएको छ । त्यसका लागि दार्चुलाका तीन स्थानीय तहका चार वटा वडामा गरिने छ ।

तथ्याङ्क कार्यालय दार्चुलाका कार्यालय प्रमुख पदमराज पाण्डेका अनुसार महाकाली नगरपालिकाको वडा २ का १६१ र वडा  ९ को २०५ घरधुरीमा नमूना गणना गरिनेछ ।

लेकम गाउँपालिकाको वडा ६ का १६५ तथा अपी हिमाल गाउँपालिकाको वडा ६ को १३३ घरधुरीमा नमूना जनगणना गरिने पाण्डेले जानकारी दिए ।

जनगणनामा पूरै वडा समेटिएको छैन । वडाभित्रका गणना क्षेत्र तोकेर नमूना जनगणना गर्न लागिएको कार्यालय प्रमुख पाण्डेको भनाइ थियो ।सरकारले आगामी २०७८ जेठ २५ दखि असार ८ गतेसम्म देशभर जनगणना गर्दैछ ।

‘मेरो गणना,मेरो सहभागिता’ नारासहित हुन गइरहेको जनगणनालाई आधार मानी नमूनाका रुपमा अहिले तयारी थालिएको उनले बताए।

जनगणनाका लागि जिल्लामा चार जना गणक छनोट गरी तालीममा सहभागी गराइएको छ । नमूना जनगणना हरेक प्रदेशबाट २ जिल्लामा गरिँदैछ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि