असोज ०६, २०८१, आइतबार
               

विप्लव समूहका जिल्ला इन्जार्च पक्राउ

नेपाल फ्ल्यास
फागुन २६, २०७६

ADVERTISEMENT

नेत्रविक्रम चन्द (विप्लव) समूहका बारा जिल्ला इन्चार्ज पक्राउ परेका छन् । मकवानपुरका इन्द्रबहादुर परियारलाई प्रहरीले जितपुर बजारबाट पक्राउ गरेको हो ।

परियार सिमरालगायत क्षेत्रमा रहेको एनसेलको टावरमा आगजनी गर्ने, चन्दा असुलीजस्ता काममा सक्रिय रहेकाले पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । 

उनको साथबाट बा २७ प १९९१ नम्बरको मोटरसाइकल, ६ वटा मोबाइल फोन, पार्टीसँग सम्बन्धित पर्चा पम्प्लेट बरामद गरेको प्रहरी उपरीक्षक पुरीले बताए । परियार विप्लव समूहका नारायणी ब्युरो सदस्यसमेत हुन् ।


कस्तो लाग्यो ?

यो पनि