जेठ ०६, २०८१, आइतबार
               

घाँस काट्न हिँडेकी महिला मृत भेटिइन्

रासस
फागुन २६, २०७६

ADVERTISEMENT

डाेटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–९ कलेनामा एक महिला मृतावस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले घरनजिकैको जङ्गलमा घाँस काट्न गएकी ४५ वर्षीया राजु कामी आइतबार साँझ मृतावस्थामा भेटिएको जानकारी दिए ।  

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको र सो घटनामा आवश्यक अनुसन्धान भइरहेको उनले बताए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि