जेठ ०५, २०८१, शनिबार
               

चितवनमा दुर्घटना: एकको मृत्यु , ११ घाइते

रासस
फागुन २६, २०७६

ADVERTISEMENT

चितवन । ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

पुलचोकबाट लायन्सचोक आउँदै गरेको बा१ख ९८५९ नंको मिनीट्रकले गए राति  ठक्कर दिँदा पैदलयात्री नवलपुर कावासोती नगरपालिका–१७ का ५० वर्षीय ठाकुर पौडेलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् । 

११ जना घाइते

यस्तै नारायणगढ–मुग्लिन सडकखण्डमा बिग्रिएको ट्रकमा बस ठक्कर खाँदा ११ जना घाइते भएका छन् ।

सोही कार्यालयले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२९ सिमलतालमा बिग्रिएर रोकिराखेको ना५ख ९६२२ नंको ट्रकमा कटारीबाट काठमाडौँ जाँदै गरेको ना६ख १५९२ नंको बस आज बिहान  ठक्कर खाएको थियो ।

ठक्करबाट बसमा सवार  ३१ जना मध्ये १० र ट्रकका चालक गरी ११ घाइते भएको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

घाइतेमध्ये पाँचको चितवन मेडिकल कलेज र छ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ठक्कर खाने बस र ट्रक प्रहरीको नियन्त्रणमा रहेको र घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । 

गैँडाको आक्रमणबाट एकजना गम्भीर 

गैँडाको आक्रमणबाट माडी नगरपालिका–९ का भोजकुमारी विक घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय माडीले विकलाई भैँसी चराउन जाने क्रममा घाँगरखोलामा गैँडाले आज बिहान आक्रमण गरेको प्रहरीले जनाएको छ ।

गैँडाको आक्रमणबाट गम्भीर घाइते विकको बघौडा अस्पतालमा उपचार भइरहेको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि