असोज ०६, २०८१, आइतबार
               

सुदूरपश्चिमका उच्च भेगमा हिमपात

रासस
फागुन २४, २०७६

ADVERTISEMENT

डडेल्धुरालयगायत सुदूरपश्चिम प्रदेशका उच्च लेकाली भेगमा हिमपात भएको छ । यस वर्ष डडेल्धुरामा छैटौँपटक हिमपात भएको छ । बिहीबारदेखि निरन्तर वर्षासँगै भएको हिमपातका कारण चिसोले सुदूरपश्चिमका सातवटै पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

हिमपातका कारण आज बिहानैदेखि डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ्ग, डोटी, अछाम र बाजुराको जनजीवन प्रभावित बनेको हो ।

शनिबार बिहानदेखि डडेल्धुराको साहु खर्क, हगुल्टे र मेलखर्क बैतडीको खोडपे, डोटीको खप्तड, बझाङको शिरिभाबर आज बिहानैदेखि निरन्तर हिमपात भइरहेको स्थानीयले बताएका छन् ।
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि