जेठ ०६, २०८१, आइतबार
               

फरार अभियुक्त पक्राउ

रासस
फागुन २३, २०७६

ADVERTISEMENT

सिराहा । हातहतियार खरखजाना तथा चोरी मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका दुई अभियुक्तलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । हातहतियार खरखजाना मुद्दामा अदालतबाट तीन वर्ष कैद र रु ६० हजार जरिवाना सजाय पाएर फरार सिरहाको मिर्चैया नगरपालिका– १२ सिक्रौन निवासी ४७ वर्षीय धनिकलाल कामतीलाई प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले घरबाटै कामतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले
जनाएको छ ।

यस्तै चोरी मुद्दामा रु १८ हजार ५०० जरिवानाको सजाय पाएर फरार सिरहाको भगवानपुर गाउँपालिका– १ निवासी २२ वर्षीय सरोजकुमार पासवानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि