जेठ ०५, २०८१, शनिबार
               

घाँस काट्न गएकी महिलाको डुबेर मृत्यु

रासस
फागुन २३, २०७६

ADVERTISEMENT

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका–१ धिरापुरमा रहेको पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मटिहानी नगरपालिका–१ धिरापुर बस्ने राजदेव मण्डल खत्बेकी पत्नी ६० वर्षीया सुकमरियादेवी मण्डल खत्बे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

बिहीबार साँझ गाउँनजिकैको पोखरीको डिलमा घाँस काट्न गएकी खत्बेलाई छारे रोगले च्यापेपछि उनी सोही पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि