जेठ ०६, २०८१, आइतबार
               

तीन ठाउँमा प्रहरी चौकी स्थापना

रासस
फागुन २२, २०७६

ADVERTISEMENT

जिल्लाका तीन स्थानमा स्थायी प्रहरी चौकी स्थापना गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार जिल्लाका तीन स्थानमा प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली राजमार्गअन्तर्गत जिल्लाको तातोपानी गाउँपालिका कार्यालय रहेको स्थान लिताकोट र डोल्पा जाने सडक क्षेत्रको गुठीचौर गाउँपालिकाको कार्यालय रहेको क्षेत्र झारज्वालामा प्रहरी चौकीको उद्घाटन गरेका  हुन् ।

सङ्घीय संरचनाअनुसार गाउँपालिकाको कार्यालय र जनताको सेवाका लागि प्रहरी चौकी स्थापना गरिएको उनले बताए । यसैगरी, नाग्म गमगढी राजमार्गको बड्कीमा यसअगावै प्रहरी चौकी उद्घाटन गरिएको थियो । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि