जेठ ०२, २०८१, बुधबार
               

वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगित

नेपाल फ्ल्यास
फागुन २०, २०७६

ADVERTISEMENT

काठमाडौं । सरकारले चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी बनेसँगै सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले कोभिड–१९ को सन्त्रास कम नभएसम्म श्रम स्वीकृति प्रदानको कार्य स्थगन गरेको बताए । 

उनले सरकारले अत्यावश्यकबाहेक विदेश नजान आग्रह गरेको जनाउँदै उच्च संक्रमण जोखिम रहेका मुलुकमा नेपाली कामदार पठाउन स्थगित गरिएको बताए । 

‘सर्वोच्च अदालतले पनि प्रभावित मुलुक सँगको हवाई उडान स्थगन गर्न आदेश दिएको छ,’ मन्त्री यादवले भने, ‘त्यही कारण हामीले केही समयका लागि श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेका हौँ ।’ 

उनले कोरोनाको सन्त्रास हटेपछि श्रम स्वीकृति प्रदान गर्ने काम नियमित हुने जानकारी दिए । 

दक्षिण कोरियामा कोरोनाको संक्रमण फैलिएपछि सरकारले नेपाली कामदार कोरिया जान रोक लगाएको पनि उनले बताए । 
 

यो पनि