बैशाख २४, २०८१, सोमबार
               

कोरोनाको विषयमा बोले झलनाथ खनाल

नेपाल फ्ल्यास
फागुन २०, २०७६

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताएका छन् ।

विर्तामोडमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कोरोना भाइरसबाट सबैजना सतर्क रहन आग्रह समेत गरे ।

मंगलबार प्रदेश– १ मा नेकपाले आयोजना गर्न लागेको प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम स्थगित भएको जानकारी दिँदै नेता खनालले चीनमा कोरोना भाइरसले ठूलो जोखिम निम्त्याएको उल्लेख गर्दै नेपालमा यो भाइरस फैलन नदिन सबै नागरिक सचेत हुनुपर्नेमा जोड दिए ।

‘हाम्रा छिमेकी दुई ठूला राष्ट्र चीन र भारतमा यो भाइरसले ठूलो मात्रामा त्यहाँका गरिकलाई प्रभावित बनाएको छ,’ खनालले भने, ‘हामीले यो भाइरस नेपाल भित्रन नदिन आवश्य सबै तयारी र सावधानी अपनाउनुपर्छ ।’

सरकारले कुनै पनि ठूला भेला र जमघट आयोजना गर्न कडाइ गर्नु स्वागतयोग्य भएको समेत नेता खनालले बताए । ‘हेलचेक्र्याइँ गर्दा संकट निम्त्याउन सक्छ । यसलाई गम्भीरताका साथ लिनुपर्छ,’ नेता खनालले भने ।

पार्टी एकतालाई पूर्णता दिँदै पार्टी सुदृढीकरणको अभियानमा नेकपा रहेको जानकारी गराउँदै उनले अन्तर्राष्ट्रिय रुपमा देखिएको गम्भीर परिस्थितिका कारण राष्ट्रिय अभियान रोकिएको बताए ।

नेकपा प्रदेश– १ ले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल झापाको बिर्तामोड जाने तय भएको थियो ।

सरकारले सोमबार ठूलो जमघट हुने सबै प्रकारका कार्यक्रम स्थगित गर्न निर्देशन जारी गरेपछि नेकपाको उक्त कार्यक्रम समेत प्रभावित भएको हो ।


कस्तो लाग्यो ?

यो पनि