जेठ ०५, २०८१, शनिबार
               

प्रि–मनसुन सुरु

रासस
फागुन १८, २०७६

ADVERTISEMENT

यस वर्षको प्रि–मनसुन सुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी तथा हिमाली भू–भागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

    प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुने मौसमविद् समिर श्रेष्ठले बताए। ‘जाडो महिना सकिएलगतै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन सुरु भएको हो’, उनले भने। तापक्रम बढ्न थालेकाले पनि यसको प्रभाव देखिएको बताइएको छ । 

    प्रि–मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख पहाडी भू–भागमा हावाहुरी मेघगर्जन तथा चट्याङसहित फाटफुट वर्षा हुने गर्छ । मौसमविद्का अनुसार मार्चदेखि सुरु हुने प्रि–मनसुन मेसम्म चल्ने भएकाले पहाडी भेगको मौसम अपराह्न तथा साँझपख प्रभावित भइरहन्छ ।

पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । उक्त समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने हुन्छ । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि