बैशाख २०, २०८१, बिहीबार
               

नेपाल टेलिकमको ब्राण्ड एम्बेस्डरमा पारस खड्का

नेपाल फ्ल्यास
फागुन १३, २०७६

ADVERTISEMENT

काठमाडौं– नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई ब्राण्ड एम्बेस्डर चयन गरेको छ । यससम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी पारस खड्काले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका छन् । 

हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले द्रुत गतिमा मुलुकभर दूरसञ्चार सेवा विस्तार गरिरहेको नेपाल टेलिकम र फास्ट बलरका रुपमा परिचित पारस खड्काबीचको सहकार्य फलदायी र प्रभावकारी हुने अपेक्षा व्यक्त गरे । उनले नेपाल प्रहरीको फुटबल टिमलाई पनि प्रायोजन गरेको स्मरण गर्दै खेल क्षेत्रलाई कम्पनीले विशेष प्राथमिकतामा राखी सहयोग गरिरहेको बताए ।

समारोहमा पारस खड्काले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमसँग आबद्ध हुन पाएकोमा गौरव महसुस गरेको बताए । उनले यो सहकार्यले क्रिकेट खेलका साथै नेपाल टेलिकमद्वारा प्रदत्त सेवाहरु र नेपाल टेलिकमको ब्राण्डको प्रभावकारी प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।

यो पनि