जेठ ०७, २०८१, सोमबार
               

दुई लाख रुपैयाँ घुससहित टेक्निसियन पक्राउ

नेपाल फ्ल्यास
फागुन ०९, २०७६

ADVERTISEMENT

भेरीगंगा नगरपालिका सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाइ टेक्निसियन चित्रबहादुर केसी घुससहित पक्राउ परेका छन् । 

उक्त नगरपालिकाको वडा नम्बर ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भइसकेपछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस मागिरहेको अवस्थामा उनी समातिएका थिए । 

घुस मागिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिई गएको टोलीले केसीलाई रकम लिइसकेपछि नगरपालिका वडा नं १० मदानीचौरस्थित उन्नती टोलबाट हिजो नियन्त्रणमा लिएको थियो । उनीमाथि थप अनुन्धान भइरहेको अख्तियारले जनाएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि