जेठ ०८, २०८१, मंगलबार
               

छोराछोरीलाई कम्तीमा बीएस्सीसम्म पढाउनुहोस् : माधव नेपाल
‘दाइजोको रुपमा अरूको सम्पत्तिमा लोभ नगरौँ’

रासस
फागुन ०८, २०७६

ADVERTISEMENT

पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राज्यले बृहत्तर ढंगले दीर्घकालीन सोचका साथ पूर्वाधार विकास योजनाका कामलाई अगाडि बढाउनुपर्ने बताएका छन् । 

रौतहटको बौद्धीमाई नगरपालिका–८ सरमुजवामा निर्माण हुन लागेको दलित सामुदायिक भवनको आज शिलान्याश गर्दै नेपालले जिल्लाको समग्र विकासका लागि आफूले सहकार्य गर्ने बताए । 

वरिष्ठ नेता नेपालले जिल्लामा अहिले पनि जकडिएर रहेका बालविवाह र दाइजोप्रथालाई त्यागेर छोराछोरीको शिक्षामा जोड दिन आग्रह गर्नुभयो । ‘छोराछोरीलाई कम्तीमा बीएसम्म पढाउनुस’, उनले भने, ‘दाइजोको रुपमा अरूको सम्पत्तिमा लोभ नगरौँ ।’ 

अरूको सम्पत्तिमा लोभ गर्नुको साटो आफ्नो छोराछोरीलाई उचित शिक्षा दिएर जिम्मेवार नागरिक बनाउन उनले आग्रह गरे । 
    
वरिष्ठ नेता नेपालले जिल्लाको उत्तर–दक्षिण जोडने तीन वटा मुख्य सडकहरुको स्तरोन्नति गर्दै ४ देखि ६ लेनसम्म बनाउन सरकारले योजना ल्याएको उल्लेख गर्दै निकट भविष्यमै मेची–महाकली रेल मार्ग निर्माण भई रेल सञ्चालन हुने विश्वास व्यक्त गरे । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि