बैशाख २८, २०८१, शुक्रबार
               

२० हजार घुससहित सव इन्जिनियर पक्राउ

नेपाल फ्ल्यास
फागुन ०५, २०७६

ADVERTISEMENT

काठमाडौं महानगरपालिकाअन्तरगत विपद व्यवस्थापन विभागका सव इन्जिनियर गणेश ठकुल्ला घुस रकमसहित पक्राउ परेका छन् । 

निज ठकुल्लाले भुकम्प पीडितले घर निर्माण सम्पन्न गरी दोस्रो र तेस्रो किस्ताको रकम निकासा गर्ने प्रयोजनमा सेवाग्राहीसंग घुस लिएकाे  सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले २० हजार घुस रकमसहित पक्राउ गरेकाे हाे । 

सव इन्जिनियर ठकुल्लालाई जिल्ला समन्वय समिति काठमाडौंको क्यान्टिनबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग  अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि