बैशाख २३, २०८१, आइतबार
               

दुबई प्रवेश गर्ने नेपालीका लागि नयाँ मापदण्ड

नेपाल फ्ल्यास
भदौ ०२, २०७८

ADVERTISEMENT

आबुधाबी । नेपालमा कोरोना महामारीको दोस्रो लहर बढेसँगै नेपालबाट युएई प्रवेश गर्न लगाइएको अस्थायी प्रतिबन्धका कारण समयमै युएई प्रवेश गर्न नसकेका नेपालीका लगि नयाँ मापदण्ड जारी गरेको छ।

मंगलबार अबुधाबीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै दुवई प्रवेश गर्ने नेपालीहरूले कोरोना खोप लगाएको प्रमाणपत्र पेश नगरे पनि प्रवेश दिइने जनाएको छ।

यस्ता छन् दुबई प्रवेश गर्ने नेपालीले ध्यान दिनुपर्ने कुराहरू :

१. दुवईको आवासीय भिसा हुनेहरूले General Directorate of Residency and Foreigners Affairs – Dubai ( GDRFA – D ) को वेभसाइटमा गई आफ्नो भिसाको अवस्था हेर्नुपर्नेछ ।

दुवई प्रवेशका लागि भिसा अवधि कायमै रहेकाहरूले सो निकायबाट आवश्यक सहमति ( GDRFA Approval ) लिनुपर्नेछ ।

२. १८० दिनभन्दा बढी युएई बाहिर रहेका र / वा दुवईको आवासीय भिसा अवधि सकिइसकेका नेपालीहरूले GDRFA को उल्लिखित वेभसाइटमा गई तोकिएका कागजातहरू अपलोड गरी युएई प्रवेशको सहमतिको लागि अनुरोध गर्नुपर्नेछ । सो सहमति प्राप्त भएको खण्डमा मात्रै दुवई प्रवेश गर्न सकिनेछ ।

३. दुवईको आवासीय भिसा भएका नेपालीहरूले कोरोना खोप लगाएको प्रमाणपत्र पेश नगरे पनि दुवई प्रवेश गर्न सकिने छ । तर खोप प्रमाणपत्र नचाहिने भए पनि ४८ घण्टाभित्रको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने छ र चार घण्टाभित्रको र्‍यापिड पीसीआर टेस्ट भने चाहिनेछ ।

तर खोप प्रमाणपत्रबिना दुवई बाहेक युएईका अन्य इमिरेट्सहरूमा प्रवेश गर्न पाइने छैन । सहमतिको लागि अनुरोध गर्नुपर्नेछ । सो सहमति प्राप्त भएको खण्डमा मात्रै दुवई प्रवेश गर्न सकिने दूतावासले जनाएको छ ।

यसअघि दुवई प्रवेशका लागि नेपालको विमानस्थलमा नै चार घण्टाअघि र्‍यापिड पीसीआर टेस्ट गरिएको हुनुपर्ने व्यवस्थाका कारण युएई फर्कने नेपालीहरू समस्यामा परेका थिए ।


कस्तो लाग्यो ?

यो पनि