बैशाख २३, २०८१, आइतबार
               

अफगानिस्तानबाट उद्धार गरिएर थप ८७ जना नेपालीलाई काठमाडौं ल्याइयो

नेपाल फ्ल्यास
भदौ ०२, २०७८

ADVERTISEMENT

 काठमाडौं । अफगानिस्तानबाट उद्धार गरि कुवेत पुर्याइएका थप ८७ जना नेपालीलाई स्वदेश ल्याइएको छ ।  

गएराति ११ बजे जजिरा विमानमार्फत कुवेतबाट ८७ जना नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।  

मंगलबार बिहान १ सय १८ जना नेपाली आइपुगेका थिए ।  अमेरिकी सरकारको बन्दोबस्तीमा नेपालीहरु स्वदेश फर्किएका हुन् ।  

अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३ सय ८५ मध्ये २ सय ५ जना नेपाल आइपुगेका छन् भने उद्धार गरेर कतार पुर्‍याइएका अन्यलाई पनि स्वदेश ल्याउने तयारी भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि