बैशाख १६, २०८१, आइतबार
               

नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व

नेपाल फ्ल्यास
साउन २०, २०७८

ADVERTISEMENT

लन्डन । बेलायतमा कार्यरत नेपाली चिकित्सकहरूको संस्था नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको सोमबार सम्पन्न ३६औँ वार्षिक साधारणसभाले डा. कमल अर्याललाई अध्यक्षमा निर्विरोध  चयन गरेको छ ।

समितिको उपाध्यक्षमा डा. सञ्जीव नेपाली, महासचिवमा डा. पारस सिंह, सहसचिवमा डा. रेखा श्रेष्ठ र कोषाध्यक्षमा डा. प्रज्वल घिमिरे चयन भएका छन् । 

साधारणसभामा प्राध्यापक जोन डिनोल, डा. स्टिभ पाण्डे, प्रा. पालेश्वान लाखे र डा. थोमस मार्जेट उपस्थित रहनुभएको एसोसिएशनले जानकारी दिएको छ । कार्यक्रमा डा. पालेश्वान लाखेले ग्यास्ट्रोइन्टेरोलोजीका बारे आफ्नो धारणा र डा. अरुण बराललगायत चार चिकित्सकले ट्रेनी पेपर प्रस्तुत गरेको सहभागी डा. सुनिल शाहले बताए ।

वार्षिक साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै नेपालमा कोरोनाको जोखिम न्यून गर्न काठमाडौंमा रहेको राधास्वामी केन्द्रमा रहेको आइसोलेशन केन्द्रका लागि संस्थाले १० हजार पाउन्ड सहयोग गरेको र देशका विभिन्न ठाउँमा अन्य स्वास्थ सामग्री पठाएर सहयोग गरिएको वार्षिक साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपालबाट भर्चुअलरूपमा सहभागी डा. चिन्तामणि योगीले कठिन परिस्थितिमा आफूलाई कसरी मानसिकरूपमा सम्हालेर अघि बढ्न सकिन्छ भन्ने खालको प्रवचन दिएका थिए । 


कस्तो लाग्यो ?

यो पनि