बैशाख १६, २०८१, आइतबार
               

कुवेतमा लुटिए नेपाली युवा

नेपाल फ्ल्यास
असार ३०, २०७८

ADVERTISEMENT

कुवेत सिटी । रोजगारीका लागि कुवेत पुगेका एक नेपाली युवा लुटिएका छन् । ड्युटी सकेर आफ्नो कोठा फर्किँदै गरेका नेपाली युवालाई जबर्जस्ती रोकेर विभिन्न डर धम्की दिएर लुटपाट गरेका छन् ।

कुवेतको सालमियास्थित ब्लक नम्बर १० मा २९ वर्षीय नेपाली युवालाई एक अपरिचित व्यक्तिले उनको पर्समा भएको ६० कुवेती दिनार पैसा लुटेर लागेको ती नेपालीलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

पीडित नेपालीले सालमिया प्रहरी कार्यालय उजुरी दिँदै आफूसंग भएको ६० कुवेती दिनार पैसा लुटेर लागेको, बैंक कार्डको पछाडिको सेक्रेट कोड उल्लेख गरेको र कार्डमा ४० दिनार पैसा बाँकी रहेको उनले दिएको उजुरीमा उल्लेख गरिएको कुवेत प्रहरीले जनाएको छ ।

प्रहरीले लुटेराको खोजी गरिरहेको जनाएको छ । पीडित नेपाली युवाको परिचय भने खुलाइएको छैन ।


कस्तो लाग्यो ?

यो पनि