बैशाख १६, २०८१, आइतबार
               

भारतीय सेनाले गोर्खा भर्तीको सूचना सच्यायो, नेपालीभाषी भारतीय महिलालाई मात्र भर्ना लिने

नेपाल फ्ल्यास
असार ०६, २०७८

ADVERTISEMENT

काठमाडौैं । भारतीय सेनाले नेपाली युवतीलाई भर्तीका लागि आह्वान गरेको सूचना सच्याएको छ । नेपाली युवतीले पनि भारतीय सेनामा भर्ती हुन पाउने सूचना आह्वानसँगै चौतर्फी विरोध भएपछि संशोधन गरिएको हो ।

गत मे २८ तारिखमा जारी गरिएको सूचनालाई लिएर राजनीतिक वृत्तमा तरंग सिर्जना भएको थियो । सरकारी स्रोतहरुले समेत परामर्श बिनै सूचना निकालेको भन्दै आपत्ति व्यक्त गरेका थिए ।

जोइन इन्डियन आर्मी वेबसाइटमा जुन १५ तारिखमा राखिएको भूलसुधारमा सूचनाको गोर्खा सम्बन्धी खण्डलाई संशोधन गरिएको छ । सो भूलसुधारमा ‘सबै गोर्खाहरु (नेपाली र भारतीय)को सट्टा भारतीय गोर्खाहरुले मात्र भर्ना हुन पाउने उल्लेख गरिएको छ ।

भारतीय सेनाले सूचनालाई सच्याए पनि यसअघि जारी गरिएको सूचनालाई भने हटाएको छैन ।

भूलसुधारपछि पनि वक्तव्य जारी गर्दै भारतीय सेनाका रिटायर्ड कर्णेल धनबहादुर थापा अध्यक्ष रहेको भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले पनि सूचना गलत रहेको जनाएको छ ।

महासंघले नेपाल र भारतबीच आँच आउने अभिव्यक्ति नदिन पनि भनेको छ ।


कस्तो लाग्यो ?

यो पनि