बैशाख ०७, २०८१, शुक्रबार
               

एनआरएनएद्वारा सरकारलाई स्वास्थ्य सामग्री सहयोग

नेपाल फ्ल्यास
जेठ २५, २०७८

ADVERTISEMENT

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । संघ बेलायत, क्यानडा, अष्ट्रेलिया र चीनले यहाँ सोमबार भर्चुअल माध्यमबाट हस्तान्तरण कार्यक्रम आयोजना गरी अक्सिजनका ४८३ कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेको हो ।

सो अवसरमा मन्त्री तामाङले सरकार जतिसक्दो चाँडो सबै नेपालीलाई कोरोना खोप उपलब्ध गराउने तयारीमा रहेको जानकारी दिए ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले कोरोना खोपका लागि बेलायत सरकारसँग अनुरोध भइरहेको र छिट्टै नेपाललाई कोरोना खोप उपलब्ध हुने विश्वास दिलाए ।

संघ बेलायतका अध्यक्ष पुनम गुरुङले ९३ गैरआवासीय संघ र ४४ व्यक्तिका आर्थिक सहयोगमा नेपालमा स्वास्थ्य सामग्री पुर्याउन सफल भएको जानकारी दिए ।

अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले आफूहरुले नेपाल पठाएका स्वास्थ्य सामग्री आवश्यकताका आधारमा लक्षित स्थानसम्म पुर्याउन आग्रह गरे ।  


कस्तो लाग्यो ?

यो पनि