चैत १५, २०८०, बिहीबार
               

कोरोनाबाट विदेशमा हालसम्म ३४९ नेपालीको मृत्यु

नेपाल फ्ल्यास
चैत २२, २०७७

ADVERTISEMENT

कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप चार नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता कतारमा तीन र रुसमा एक गैरआवासीय नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

सङ्घका अनुसार कोरोना सङ्क्रमणका कारण शनिबार साँझसम्म हालसम्म २३ देशमा रहेका ३४९ नेपालीको निधन भएको  छ । उनका अनुसार  यो साता माल्दिभ्स, मलेसिया, कतार र युएईमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ । हालसम्म ५४ देशमा ६५  हजार २८७  नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये  ६२ हजार  ६६३ कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो समय नेपालसहित विश्वका विभिन्न मुलुकमा पनि कोरोनाको जोखिम थप बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन सङ्घले अनुरोध गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि