बैशाख २१, २०८१, शुक्रबार
               

सन्तोष शाह भन्छन्- ‘ट्रफी हात नपरे पनि मैले जितिसकेको छु, म दु:खी छैन’

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ युकेको उपाधि जित्न सकेनन् । उनी उत्कृष्ट तीनमै सीमित भएका छन् ।

यो उपाधि बेलायतका २५ वर्षीय एलेक्स वेबले जितेका छन् । गएराति बीबीसी वान टेलिभिजनमा भएको फाइनल प्रतियोगिताको प्रसारणमा सन्तोष र ३३ वर्षीय बार्ट भान डेर लीलाई पछि पारेर एलेक्सले उपाधि जितेका हुन् ।

३५ वर्षीय नेपाली सेफ साह सिराहाको कर्जन्हाका बासिन्दा हुन् । उनले हरेक चरणमा स्वादिला नेपाली परिकार बनाएर निर्णायकको मन जितेका थिए । उनले उपाधि हात नलागे पनि नेपाली खानालाई विश्वमञ्चमा प्रस्तुत गर्न सकेको तथा नेपाल र नेपाली खानाको जित भएको बताए ।

शाहले भने- ‘ट्रफी हात लगाउनु मात्र जित होइन, मैले निर्णायकहरू तथा नेपालीको मन जितिसकेको छु ।’ नेपाली खानालाई विश्वभर चिनाउन पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले आफूलाई साथ समर्थन गर्ने संसारभर रहेका नेपालीलाई धन्यवाद दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि