बैशाख २१, २०८१, शुक्रबार
               

'बिबिसी मास्टर सेफ'को फाइनलमा नेपाली सेफ सन्तोष

नेपाल फ्ल्यास
मंसिर २६, २०७७

ADVERTISEMENT

नेपाली सेफ सन्तोष साह 'बिबिसी मास्टर सेफ प्रोफेसनल्स २०२०' टेलिभिजन रियालिटी शोको फाइनल चरणमा प्रवेश गरेका छन् ।

'बिबिसी वान' मा बिहीबार बेलुका प्रशारित सेमिफाइनल चरणमा उनले जजहरुलाई नेवारी परिकार योमरी चखाएका थिए । त्यसपछि उनी शीर्ष ६ मा सहित अन्तिम चरणमा पुप्रवेश गरेका हुन् ।

जजहरुको आग्रहमा सन्तोषले योमरीबाहेक चिकेन चिल्ली, हट एन्ड साओर सुप, क्रिस्पी नुडल्सलगायत परिकार बनाएका थिए ।

सिरहाबाट कामका लागि भारत गएका सन्तोषले भारतमै कुकिङ सिकेका थिए । त्यहाबाट उनी सेफकै रुपमा २०१० मा लण्डन पुगेका हुन् ।

बिहीबार सहभागी ४ प्रतियोगीमध्ये उत्कृष्ट प्रदर्शन गरेपछि सन्तोष सिधै फाइनल राउन्डमा पुगेका हुन् ।

फाइनल १७ डिसेम्बरमा हुँदैछ ।

प्रतियोगितामा कुल ३२ व्यावसायिक सेफहरुको सहभागिता थियो । विभिन्न चरण पार गर्दै सिरहाका सन्तोष शीर्ष ६ मा पुगेका हुन् ।

यो पनि