बैशाख १५, २०८१, शनिबार
               

हङकङमा आगलागीबाट मृत्यु हुने नेपालीको संख्या ११ जना पुग्यो, ७ जनाको सनाखत

नेपाल फ्ल्यास
मंसिर ०२, २०७७

ADVERTISEMENT

एजेन्सी । हङकङमा आगलागीबाट मृत्यु हुने नेपालीको संख्या ११ जना पुगेको छ । हङकङस्थित कार्मालोन क्षेत्रकाे जोर्डन भन्ने ठाउँमा नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आइतबार भएको उक्त आगलागीमा मृत्यु हुनेको संख्या ११ जना पुगेको हो । 

मृत्यु हुनेमा तीनजना एकै परिवार भित्रका रहेको बताइएको छ । तीमध्ये ७ जनाको सनाखत भएको छ ।

सनाखत हुनेमा ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीया कृतिका कँडेल, ३५ वर्षीय राजबाबु नेपाल, ९ वर्षीय रियान नेपाल र ३९ वर्षीय शेरबहादुर गुरुङ, ३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङ रहेका छन् ।

प्राप्त जानकारी अनुसार अन्य ३ जना पुरुष र ४ जना महिलाको अवस्था गम्भीर रहेको बताइएको छ । जिरे खुर्सानी नाम गरेको उक्त रेष्टुरेन्टमा आइतबार राति आगलागी भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि